बाँकेको कोहलपुर वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यामिक विद्यालय वर्दहवामा बुधबार कोहलपुर नगरपालिकाले क्वारेन्टिन बनाउने निर्णय ग¥यो । नगर कार्यपालिका बैठकले गरेको निर्णयको विरुद्धमा बिहीबार बिहीबार बिहानैदेखि स्थानीयबासीहरुले प्रर्दशन गरिरहेका छन् ।
मानव बस्ती बिचमा रहेको विद्यालयमा क्वारेन्टिन बनाउन लागिएको भन्दै स्थानीयहरु विद्यालयमा पुगेर अहिले विरोध प्रर्दशन गरिरहेका
छन् । स्थानीय गणेशमान खड्काले सानो क्षेत्र भएको विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरिएपछि आन्दोलन उत्रिनुपरेको बताए ।
‘साघुरो स्थानमा विद्यालय रहेको छ’ उनले भने, ‘भागेर गाउँमा पुगेर कतै संक्रमितले गाउँमा पनि संक्रमण फैलाउन सक्छन् ।’ विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने कुरा सुनेपछि स्थानीबासीहरु निदाउन नसकेको उनले बताए ।
स्थानीयबासीहरु नगरपालिकालाई बैकल्पीक स्थानको खोजी गर्न आग्रह गर्दछन् ।
जबरजस्ती क्वारेन्टिन निर्माण गर्न खोजिएमा प्रतिकारले उत्रिने स्थानीयहरुले चेतावनी दिएका छन् । भारतबाट नेपालीहरु ल्याउने क्रम बढेसँगै नगरपालिकाले उनीहरुलाई राख्नको लागि क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको हो ।










प्रतिक्रिया दिनुहोस्