नरैनापुरका संक्रमितलाई कोहलपुर ल्याइने भएपछि स्थानीयको विरोध प्रर्दशन



बाँकेको नरैनापुरमा कोराना संक्रमण पुष्टी भएकालाई कोहलपुर नगरपालिकाको पिपरीमा रहेको कृषि विकास तालिम केन्द्रमा ल्याउँदै राखेको भन्दै स्थानीयबासीहरुले विरोध जनाएका छन् ।

तालिम केन्द्रको गेष्ट हाउसलाई आइसोलेसन बनाएर कोरोना संक्रमितहरुलाई राख्ने तयारी गरिएको थियो । सो निर्णयको विरोधमा अहिले स्थानीयहरुले तालिम केन्द्रको गेटमा प्रर्दशन गरिरहेका छन् ।

अहिले पिपरीमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्द, स्थानीय जनप्रतिनिधीहरु पुगेका छन् । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ६ गते मंगलबार