बाँकेमा कोरोना संक्रमणबाट युवकको निधन, थप ४७ जनामा कोरोना संक्रमण पुष्टी



कोहलपुर ।

क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

नरैनापुर गाउँपालिका २६३ को स्वाब संकलन गरि शनिबार भेरी अस्पताल नेपालगञ्जमा ल्याइएको थियो । जसमध्ये १९२ को परीक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण देखिएको जानकारी
दिए । बाँकी ८१ जनाको स्वाब परीक्षण हुनेक्रममा रहेको छ ।

एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नरैनापुरलाई हटस्पट घोषित गरि थप सतर्कता अननाउन स्थानियहरुले माग गर्न थालेका छन् ।

सो क्षेत्रमा प्रसासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको छ ।

नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी संक्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

यसअघी नरैनापुरका ८ जना कोरोना संक्रमितहरुलाई शुक्रवार दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार