बाँकेमा थपिए एक जना कोरोना संक्रमित



बाँके ।

बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।

योसँगै कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण देखिएको थियो।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३१ गते बुधबार