नेशनल प्याब्सनद्वारा घरमै व्यवहारीक सिकाईको पहल गरिदिन अनुरोध



कोहलपुर ।

बाँकेमा रहेको निजी विद्यालयहरुको संगठन नेशनल प्याब्सनद्वारा आफ्ना आफ्ना छोरा छोरीलाई घरमै व्यवहारिक सिकाई गरिदिन अनुरोध गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै नेशनल प्याब्सनले विश्वमा कोरोना भाइरसका कारणले आक्रान्त भैरहेको बेलामा घरमा आफना नानि बाबुहरुलाई व्यवसारिक सिकाई गरिदिन अनुरोध गरेको हो ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत बैशाख २२ गतेका दिन सूचना अनुसार विद्यार्थी भर्ना लगायतका कार्यक्रमहरु सञ्चालन नगर्नु, नगराउनु भनी सूचना प्रकाशित गरेकोले सोही अनुसार अर्को सूचना नआएसम्मका लागि बन्द गरिदिन समेत नेशनल प्याब्सनमा आवद्ध रहेको विद्यालयहरुलाई विज्ञप्ती मार्फत अनुरोध समेत गरेको छ ।

नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कँुवरद्वारा हस्ताक्षरीत विज्ञेप्तीमा उल्लेख गरिएको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियशन नेपाल

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २३ गते मंगलबार