नेपालगञ्जमा कोरोना संक्रमित संख्या १६ मात्रै



स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको बताएको छ ।

सामाजिक सञ्जाल तथा विभिन्न मिडियाहरुमा आइतबार राती कोरोना संक्रमितको संख्या बढेको भन्ने आएपछि कार्यालयले सोमबार बिहान एक सूचना जारी गरेर जम्मा संख्या १६ जना मात्रै रहेको जानकारी दिएको हो ।

गत १९ गते १ जना र आइतबार दुई चरणमा गरेर १५ जना गरी अहिलेसम्म नेपालगञ्जमा १६ जनाको कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २२ गते सोमबार