कोरोना जितेर नेपालमा १६ जना घर फर्किए



कोहलपुर ।

विश्वब्यापी कोरनो भाइरस महामारीको यो लडाईँमा १६ जना नेपालीले जित हाँसिल गरेका छन् । नेपालमा एकातिर कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागिरहेको छ भने अर्कोतर्फ कोरोनालाई नेपालीले हराउँदै आएकाछन् ।

सरकारले लगाएको लकडाउन र सामाजिक दूरीको नियमलाई प्रभावकारी ढंगबाट लागु गर्दा नेपालमा कोरोना संक्रमणको ग्राफ भयाबह अवस्थाबाट उकालो लाग्न सकेको छैन । यद्यपी नेपालमा दिनहुँ जसो एक जना कोरोना भाइरस संक्रमित भेटिन भने छाडेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आईतबार भएको प्रेस व्रिफिङमा नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको
छ । यो सगैं नेपालमा कोरोना संक्रमितको संख्याले अर्धसतक पार गरि ५२ पुगेको छ ।

कोरोना भाइरसका कारण हालसम्म नेपालमा कसैको पनि मृत्यु भएको छैन । सरकारको कोरोना भाइरस रोकथाम सम्बन्धि उच्च स्तरीय समितिका अनुसार प्रभावकारी लकडाउन र सामाजिक दूरीका कारण नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न नपाएको हो । यद्यपी नेपाल भने कोरोना भाइरसको जोखिममा यथावत रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १५ गते सोमबार