मधुर पौडेल, बाँसगढी ।
बाँसगढी युवा सरोकार समितिका संयोजक रेशम अधिकारीले आफ्नो जन्मदिनको अवसरमा ५ सय जना पैदल यात्रुलाई खाजा अुवाएका
छन् ।
शुक्रबार बाके र बर्दियाको सेतुको रूपमा रहेकोे मानखोला मा पैदलयात्रामा आइपुगेका झन्डै ५ सय जना पैदलयात्रीलाई बाँसगढी युवा सरोकार समितिका संयोजक रेशम अधिकारीले खाजा खुवाएका हुन ।
संयोजक अधिकारीअनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरका कारणले लामोदुरी पैदल यात्रुहरुलाई सहयोग गरेको बताए । आजकल मानिसहरु आफ्नो जन्मोत्सव विभिन्न तडकभडक सहित मनाउने गर्छन उनले भने हाल बिपत मा परेका नास्ता खुवाइ फरक रुपबाट जन्मोत्सव मनाएको हुँ । मानिसहरु सबैले जन्मोत्सव मनाउनको निमित्त छुटाइको खर्च रचनात्मक एबम सिर्जनात्मक रूपबाट प्रयोग गरेमात्र सामाजिक नैतिकता उत्तरदायित्वमुखी हुने उनको भनाई थियो ।
प्रकाशित मिति : २०७७ वैशाख १२ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्