जन्मदिनको अवसरमा केसीद्वारा दुर्घटनाकी घाइतेलाई सहयोग



कोहलपुर/   बाँकेको कोहलपुर सडक दुर्घटनामा परि दुबै खुट्टा गुमाएकी १२ वर्षीय बालिका प्रकृति चन्दलाई एक युवाले जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् । गत मंसिर २२ गते कोहलपर नगरपालिका वडा नं.१० स्थित हाईस्कूल नजिकै ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भई दुबै खुट्टा गुमाएकी चन्दलाई कोहलपुर एनटिभि चोक नजिकै रहेको किरण मोबाइल सेन्टरका सञ्चालक किरण केसीले आफ्नो जन्मदिनको अवसरमा नगद ६ हजार ५ रुपैयाँ सहयोग गरेका हुन् । उक्त नगद रकम सञ्चालक केसीले बुधबार चन्दलाई हस्तान्तरण गरेका थिए । दुर्घटनामा घाइते चन्दको पढाइमा सहयोग पुगोस् भनेर आफूले थोरै भएपनि सहयोग गरेको सञ्चालक केसीले बताए । जन्मदिन दिनमा पार्टी भोज भत्तेर आयोजना गरेर गरिने फजुल खर्च कटाएर सहयोग गरिएको उनले बताए । ‘जन्मदिनमा पार्टी, भोज गर्दा हुने फजुल खर्च बचाएर थोरै भएपनि सहयोग गरेको हँु, उनले भने–यो मेरो सानो सहयोगले थोरै भएपनि प्रकृतिको पढाइ लेखाईमा सहयोग पुग्नेछ ।’ आफूले कमाएको रकमको केही प्रतिशत रकम सामाजिक कार्यमा लगाउने भन्दै अरुलाई पनि यस्ता कार्यहरुमा फजुल खर्च नगरि सहयोग गर्न अपिल समेत गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ११ गते बिहीबार