नेविसंघको स्थापना दिवसको अवसरमा १५९ प्वाइन्ट रगत संकलन



कोहलपुर ।

नेपाल विद्यार्थी संघ बाँकेले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार नेविसंघले बल्ड बैंक नेपालगञ्ज र बल्ड बैंक कोहलपुर रक्तदान कार्यक्रम गरी १५९ प्वाइन्ट रगत संकलन गरेको हो ।

नेविसंघ बाँकेका अध्यक्ष पुर्ण प्रसाद आचार्यले कोरोना भाईरसका कारण बाँकेमा रगतको अभाव भएकोले आफ्नो स्थापना अवसरमा रक्तदान कार्यक्रम गरेको बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारणले लाखौको ज्यान गैसकेको छ थप रगतको अभावका कारणले कसैको ज्यान नजाओस उनले भने अझै पनि रक्तदान गर्ने व्यक्तिहरुको पूर्ण रुपमा सुरक्षाका साथ कार्यक्रमहरु निरन्तर गरिनेछ ।

बाँकेमा सुत्केरी, डाइलाईसिस विरामी तथा ईमेरजेन्सी विरामीको रगत अभावका कारणले मृत्यु नहुने समेत उनको दाबी रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ६ गते शनिबार