कोहलपुर ।
बाँके जिल्लामा सफल पशुपालन व्यवसायी तथा दूध उत्पादन गर्ने सफल उद्यमी हुन । कोहलपुर नगरपालिका, १२ चप्परगौडीकी शारदा शर्मा । विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीका कारण देशमा ‘लकडाउन’ गरिएपछि उनको व्यवसाय नराम्ररी प्रभावित भएको छ । सरकारले तेस्रो पटकको ‘लकडाउन’ अझै कडा गर्ने निर्णय देशैभरि त्रास झन् बढेको छ ।
लकडाउनका कारण मानिसहरुकोे आवातजावत नहुने भएकोले समस्या भएको छ । नगरपालिकामा बाह्य क्षेत्रबाट प्रवेश निषेध गराइएको छ भने अन्य ठाउँबाट समेत आउन रोक लगाइएको छ । जसका कारण शर्माले दूध बेच्न नपाएको बताइन् । उनले हरेक दिन झण्डै ६० देखि ७० लिटर दूध बजारमा बिक्री गर्दै आएका थिइन् । लकडाउन भएपछि आधाभन्दा बढी दूध बिक्री हुन छोड्यो । अवस्था यस्तै छ’, निराश हुँदै उनी भन्छिन्, ‘अब त पुरै दूध खेर जाने भयो, दूध बिक्रि भएको छैन ।’
हाल उनको गोठमा २३ वटा जर्सी र होलिस्टेन प्रजातिको गाई छन् । निकै लामो समय दुःख, कष्ट झेल्दै सफलता हासिल गरेका शारदा यति बेला तनावमा छन् । ‘दानाको समस्या भइसकेको छ, घाँसको समस्या छ । गाईलाईंं दाना र घाँस नभएका कारण मर्ने अवस्थामा पुगेका छन् । एक दुई दुुुहुनो गाई र दुई चार लिटर दूध भएको भए गाह्रो थिएन । के गरौं र कसो गरौंको स्थितिमा छु म त,’ उनले निराशा पोखिन् । एकातिर कोरोना भाइरसको त्रास बढेको छ भने अर्कातिर व्यवसाय धरापमा पर्दा त्रासले सीमा नाघेको छ । ‘भाइरस सर्ने डरले आधा बढी ग्राहक
घटिसके । डेरीवालाले लिने दूध पनि आधा घटिसक्यो,’ उनले भनिन्, ‘नाफा छोडेर गाईको दानापनीको लागि मात्रै भएपनि दूध बेच्न गइरहेको थिए ।
त्यो पनि बिक्न छाड्यो ।’ देशमा भएको लकडाउनले धेरैजसो व्यापारी मारमा परेका छन् । अत्यावश्यक सेवा सुविधाका व्यवसाय बन्द छन् भने व्यक्तिगत दूरी बढाउनु पर्ने भएकाले व्यवसायीलाई गाह्रो भइरहेको छ । विश्व स्वास्थ्य संगठनले संसारभरि त्रास सृजना गरेको कोरोना भाइरसबाट बच्न रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउने खालका खान सुझाइरहेको बेला शर्माको दूध व्यवसाय प्रभावित भएको हो । ठेक्का दिएको दूध बिक्रि भएपनि डेरी मार्फत बिक्रि गरिरहेको दूध बिक्नै छोडेको उनले बताइन् । अहिले उनको २० देखि २५ लिटरसम्म मात्रै मुस्किलले दूध बिक्छ ।
सबै भन्दा ठूलो समस्या दाना र पराल र घाँसको समस्या भएको छ । ७ वटा दुहुना गाईको दूध उत्पादन घटेर ४० लिटर सम्म आएको छ । ६ वटा गाई व्याउने क्रममा छन् भने ७ वटा एक बेद पनि नव्याएका छन् । ‘पहिला रहेको परालले काम चलिरहेको छ, मुस्किलले एक साता धान्छ होला । लकडाउन लम्बियो भने त समस्या हुने अवस्था आइसक्यो ।’ मिसन टुडे सँगको कुराकानीको क्रममा उनले भनिन् । पहिला दैनिक ४ हजार दैनिक आम्दानी हुन्थ्यो हुन्थ्यो अहिले मुस्किलले २ हजार पनि कमाई हुँदैन । निकै सुरक्षाका साथ पशुहरुको स्याहारमा आफू
लागिरहेको उनको भनाई छ । लामो समय देखि निकै दुःख गरेर पालेका गाई मर्छन् भन्ने चिन्ताले सताउन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्