कोरोना सन्त्रासका बीच नयाँको सुरुवात भएको छ । विगत तीन महिना देखि कोरोना नामक भाइरसका कारण सिंगो विश्व नै आतंकित छ । यहीँ सन्त्रासको बीच नेपालको विक्रम सम्बत अनुसार नयाँ क्यालेन्डरको सुरुवात भएको छ । उसो त २०७६ साल निकै उताचडाब उक्त
रहयो । राजनीतिक, सामाजिक तथा अन्य हिसाबले समेत थूप्रै परिवर्तन भए । देशका सत्ता देखि जनता स्तरमा समेत यसको प्रभाव पर्ने नै भयो । तर यो विगत भइसकेको छ । नयाँ वर्ष सँगै नयाँ काम र सम्बन्धको सुरुवाता गर्ने शुभ अवसर समेत हो । त्यसैले हामी सबैले नयाँ वर्ष सँगै नयाँ कामको सुरुवात गर्नु पर्छ ।
अहिले कोरोना भाइरसका कारण बन्दाबन्दीको अवस्था छ । तीन साता देखिको कोरोना भाइरसको सन्त्रासमा नेपाली समाज अधिकांश समय घर भित्रै बसिरहेको छ । अहिलेको अवस्थामा घरभित्र बस्नु कोरोना भाइरसबाट सुरक्षित हुने सबै भन्दा उपयुक्त उपाय हो । त्यसैले हामीले यो बेला घर नै राम्रो हो । नयाँ वर्ष त अर्का पटक पक्कै आउँछ ।तर यो कोरोना भाइरसको प्रभाव यस्तो छ । यो सायद फेरी अर्को पटक आउने
छैन । नआओस पनि । यो पटकको नयाँ वर्ष सँगै झन कोरोना विरुद्ध कठोर बनौ ।कोरोनालाई जसरी नै पनि पराजित गरौ । पशुपतिनाथले नेपालीहरुलाई झन धैर्य गर्ने शक्ति दिओस ।
यो अबसर नयाँ सम्बन्ध र नयाँ कुराको सुरुवात गर्ने समय पनि हो । यो वर्षमा खास गरी खान नपाउनेले खान पाउन् । गरिबहरु झन गरिब नबनुन् । देशको राजनीतिक व्यवस्था जनता मुखी बनोस । सरकार र जनता बीचको सम्बध सधै सुमधुर होस । नेताहरु जनताको दुःख बुझने हुन् । व्याप्त भ्रष्टाचार कम होस । निजामती क्षेत्र जनतामुखी होस । पत्रकारिता जगत निष्पक्ष होस । समग्रमा सरकारले भने जस्तै सुखी नेपाली र समृद्ध बनोस । नयाँ वर्षले समग्रमा कोरोना भाइरस विरुद्ध सिंगो विश्वलाई नै कोरोना भाइरस मुक्त बनाओस । कोरोना भाइरस छिट्टै अन्त्य होस । नयाँ वर्षको सम्पुर्ण नेपालीहरुमा लाखौ लाख शुभकामना । कोरोनालाई पराजित गर्ने शक्ति प्रधान होस् ।









प्रतिक्रिया दिनुहोस्