क्वारेन्टाईनमा रहेकालाई कोहलपुर डेरी एशोशियसनले खुवायो खिर



बाँकेको कोहलपुर डेरी एशोशियसनले क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई खिर खुवाएको छ ।

कोहलपुर नगरपालिका १४ हवल्दारपुरमा रहेको राम माविमा बनाइएको क्वारेन्टाईनमा बस्दै आएका ६७ भारतीय नागरिकहरुलाई एशोशियसनले शनिबार खिर खुवाएको थियो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरीमार्फत क्वारेन्टाईनमा बस्दै आएका ब्यक्ति तथा सुरक्षाकर्मीहरुलाई खिर खुवाईएको हो । कोहलपुरबाट नै खिर र अचार पकाएर क्यारेन्टाइन स्थलमा लगिएको थियो ।

दुग्ध विकास संस्थान पिपिरीको सहयोग तथा कोहलपुर डेरी एशोशियसनको ब्यवस्थापनमा क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई खिर खुवाईएको कोहलपुर डेरी एशोशियसनका महासचिव सन्तोषराज पौडेलले बताए ।

यसअघि एशोशियसनले नेपाल भारत सीमा नाका जमुनाहा नजिक दशगजा क्वारेन्टाईनमा रहेका नेपालीहरुलाई दहि र दुध वितरण गरेको थियो ।

कोहलपुर क्षेत्रमा क्रियाशिल रहँदै आएका संचारकर्मी तथा सुरक्षाकर्मीहरुलाई समेत दही, चिउरा र पानी वितरण गरिएको एशोशियसनका सचिव पौडेलले बताए ।

आगामी दिनहरुमा समेत एशोशियसनले आफुले सकेजती सहयोग गर्न तत्पर रहेको उनी बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार