बाँकेका ७० जनाकै रिर्पोट ‘नेगेटिभ’



कोहलपुर

बाँकेमा हालसम्म परिक्षणका लागि पठाइएका व्यक्तिहरुको थ्रोट स्वाव नमूनाको रिर्पोट ‘नेगेटिभ’ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार कोरोना भाइरस संक्रमण परिक्षणका लागि पठाइएका सबैको परिक्षण रिर्पोट ‘नेगेटिभ’ आएको हो ।

उनका अनुसार हालसम्म बाँकेबाट ७० जनाको थ्रोट स्वाब नमूना संकलन गरी परिक्षणका लागि पठाइएको थियो । बाँकेको आठ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरेर बाहिरी देशबाट आएका र शंका लागेका व्यक्तिलाई राखेको भएपनि हालसम्म ७० जनाको मात्र थ्रोट स्वाब संकलन गरिएको छ ।

जसमा नेपालगञ्ज महेन्द्र बहुमुखि क्याम्पस, भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज तथा कोहलपुर, आर्मी अस्पताल र र दशगजा क्षेत्रमा निर्माणगरिएको अस्थायी क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको परिक्षण गरिएको छ ।

आठ वटै स्थानीय तहमा सात सय ४० बेडको निर्माण क्वारेन्टाइनमा हालसम्म चार सय ८९ व्यक्तिहरुलाई राखिएको छ । जसमा ४६ महिला र ४ सय ४३ पुरुष रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २९ गते शनिबार