कोहलपुरको विपद् व्यवस्थापन कोषमा ४ लाख बढि सहयोग



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले विपत् व्यवस्थापन कोषमा ४ लाख बढि सहयोग प्राप्त गरेको छ । कोहलपुर नगर भित्रका विभिन्न गैरसंघ संस्था तथा सहकारी, व्यक्तिगतहरुबाट गरी शनिबारसम्म ४ लाख ७५ हजार ६ सय ११ रुपैया सहयोग प्राप्त भएको हो ।

शनिबार वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) बाँकेले ५१ हजार र मालिका हार्डवर्यर र मालिका मेट्रो मार्टद्वारा संयूक्त रुपमा ५१ हजार रुपैया गरी १ लाख २ हजार रुपैया सहयोग भएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जानकारी दिए ।

यस्तै विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नेका लागि विपद् व्यवस्थापन कोषमा महिला उपकार मंच, कोहलपुरले १ लाख ११ हजार १ सय ११ र गोरखा युनाइटेड पव्लिक स्कुलद्वारा १ लाख रुपैया सहयोग गरेका छन् ।

यस्तै बस पार्क वजार सुधार समितिको तर्फबाट ५५ हजार, व्यक्तिगत रुपमा पोष्ट राज भुषालको तर्फबाट ५१ हजार, बसोबास महिला वचत तथा ऋण सहकारी संस्थको तर्फबाट २५ हजार ५ सय रुपैया सहयोग गरेको छ भने कोहलपुरको संस्थागत संगठन क्रिसा कोहलपुरले २१ हजार र शैलेन्द्र शाहीले दश हजार रुपैया सहयोग गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २९ गते शनिबार