कोहलपुर ।
बाँकेमा रहेको बेटर बाँकेद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार रक्तदान नै जिवन दान भन्ने मुल नाराका राथ बेटर बाँकेले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाले विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोनाको कारणले गर्दा लकडाउन गर्नु परेकोले ब्लड ब्याङ्कमा रगतको अभाव भएकाले रक्तदान कार्यक्रको आयोजना गरिएको बताए ।
‘एक थोपा रगतले कसैको ज्यान बच्छ मदत गर्दछ भने त्यो भन्दा पनि ठुलो सहयोग अरु केही होइन्’ उनले भने ‘बेटर बाँकेका ४६ जना युवाहरुले रक्तदान गरेका थिए ।’
जसमा ४६ पाउण्ड रगत संकलन भएको उनको भनाई थियो । यस्तै बेटर बाँकेका सल्लाहाकार ऋर्षी थापाले आगमी दिनहरुका पनि गरिब, मजदुरहरुलाई राहत दिनका लागि रुपैया संकलन गरिरहेको बताए । उक्त संकलन भएको रगत कोहलपुर रेडक्रसमा हस्तान्तरण गर्ने थापाले बताए ।



















प्रतिक्रिया दिनुहोस्