कोहलपुर ।
बाँकेको कोहलपुरमा उच्च शिक्षाका लागि क्याम्पस खोल्न पहल गर्ने हरिप्रसाद रावतको निधन भएको छ । कोहलपुरको शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याएका उनको ८९ वर्षको उमेरमा बुधबार राती पौने ९ बजे निधन भएको हो । वि.स १९८८ माघ १० गते सल्यान जिल्लाको कालीमाटी काल्चेमा पिता रत्नलाल र माता कौशिल्याका ११ छोरा ४ छोरीहरुमा जेष्ठ सुपुत्रका रुपमा रावतको जन्म भएको हो । वि.स २०२४ सालमा बाँकेको तत्कालीन चटार गाउँ विकास समिति वडा नं ८ मा बसाई सराई गरि आएका उनले कोहलपुरमा शिक्षाको ज्योती छर्न कोहलपुर नगरपालिका १० मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालय र कोहलपुर नगरपालिका ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पसको स्थापना र विकासको नेतृत्व समेत गरेका थिए । कोहलपुरमा माध्यामिक तह र उच्च माध्यामिक तहका विद्यालय खोल्ने श्रेय रावतलाई नै जान्छ ।
उनी कोहलपुरको सबैभन्दा पुरानो बागेश्वरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुन् । उनकै पहलमा पहिलोपटक कोहलपुर क्षेत्रमा बागेश्वरी क्याम्पसको स्थापना भएको थियो । शिक्षा क्षेत्रमा मात्रै होइन कोहलपुरको विकासमा समेत उनले ठूलो योगदान पु¥याएका थिए । कोहलपुरको शहर व्यवस्थापन, कोहलपुर नगर विकास समिति, विद्यालय तथा कलेज खोल्ने क्षेत्रमा उहाँले पु¥याएको योगदान कहिल्यै भुल्न नसकिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ कमिटी सदस्य सुर्य ढकालले बताए ।
‘उहाँले सबैभन्दा बढी कोहलपुरको शिक्षा क्षेत्रमा योगदान दिनुभएको छ’ उनले भने, ‘उतीबेला शिक्षा क्षेत्रमा यती प्रयास नगरेको भए अहिले कोहलपुर शैक्षिक हब बन्न गाह्रो हुन्थ्यो ।’ रावतका ५ छोरा र ३ छोरी रहेका छन् । उनी छोरा यम रावतसँगै कोहलपुर नगरपालिका ८ गोच्छामा बस्दै आएका थिए । रावतले आफ्नो जिवनकालमा तत्कालीन राजा महेन्द्रबाट कदर पत्रबाट सम्मानित, राजा विरेन्द्रबाट सेवा पदकबाट सम्मानित, शिक्षा मन्त्रालयबाट कदरपत्रले सम्मानित, कोहलपुर नगरपालिकाबाट शिक्षा अभिभावकको उपाधिले सम्मानित, लायन्स क्लब अफ ३२५ वि २ बाट सम्मानित भएका थिए ।
उनलाई मिसन टुडे राष्ट्रिय दैनिकले समेत आफ्नो १० वार्षिकोत्सवको अवसरमा कोहलपुरको शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै कदरपत्र सहित सम्मान गरेको थियो । रावतलाई राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी संघले रथारोहण सहित नागरिक अभिनन्दन र उपराष्ट्रपति नन्दकिशोर पुनले दोसल्ला ओढाएर, कदर पत्रले सम्मान समेत गरेका थिए । उनको धार्मिक परम्परा अनुसार बिहीबार नै अगैया घाटमा अत्येष्टी गरिएको
छ ।









प्रतिक्रिया दिनुहोस्