कैलाली
कैलालीमा मिलको पट्टामा बेरिएर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ८ बस्ने बटकु कठरीयाकी १५ बर्षीय छोरी निराशा कठरीयाको राईस मिलको पट्टामा बेरिएर मृत्यु भएको हो।
कालुराम कठरीयाको राईस मिलमा धान कुटाउन गएकी उनको धान कुटाउने क्रममा कपाल मिलको पट्टामा अल्झिएपछि गम्भिर घाईते भएकी थिईन्। उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएकोमा थप उपचारका लागि काठमाडौँ रेफर गरिएको थियो।
काठमाडौँ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्