जानकी :
बाँकेको जानकी गाउँपालिकाले कोरोना भाईरस ९कोभिड–१९० रोकथामको लागि जारी लकडाउनबाट प्रभावित विपन्न समुदायलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भएको छ ।
सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने नीति लिए वमोजिम गाउँपालिकाबाटै राहत सङ्कलन तथा वितरण गरिने अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो । गाउँपालिकामा रहेका दैनिक ज्यालादारी मजदुर तथा विपन्न समुदायको वडागत तहमा तथ्याङ्क सङ्कलन भईरहेको जानकारी दिदैँ छिट्टै राहत वितरण गरिने अध्यक्ष यादवले बताए ।
गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत बाँडिने भएकोले यस्तो विपतको समयमा आफुखुशी राहत सङ्कलन तथा वितरण नगरी एकद्वार प्रणालीमाआउन उउनले सबैमा आग्रह समेत गरे ।
कोरोना भाईरस सङ्क्रमण फैलन नदिन गाउँपलिकाले सम्पूर्ण स्रोत साधन परिचालन गरिसकेकोले यो महामारी विरुद्धको लडाईमा सबै पालिकावासी तथा सङ्घ–संस्थाले गाउँपालिकालाई सहयोग गरी एकसाथ लाग्न उनको अनुरोध छ ।
लकडाउनबाट प्रभावित गरिखाने मजदुर तथा विपन्न समुदायलाई सहयोगको लागि गाउँपालिकाले विपद् तथा प्रकोप ब्यवस्थापन कोष सञ्चालन गरेकोले उक्त कोषमार्फतै सहयोग र समन्वय गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
उनले जारी लकडाउनबाट प्रभावित दैनिक काम गरी खाने मजदुर र विपन्न वर्गलाई सहयोग गर्न चाहने सङ्घ संस्था तथा व्यक्तिहरुले एनआईसी एसिया बैंक खजुरा शाखामा जानकी गाउँपालिकाको नाममा रहेको खाता नं। बी १ सी ए १४९८३२१५२४०३ मा रकम जम्मा गर्ने ब्यवस्था मिलाईएको बताए ।










प्रतिक्रिया दिनुहोस्