कोहलपुरका पत्रकार र सुरक्षाकर्मीलाई दही चिउरा वितरण



कोहलपुर/   कोहलपुर डेरी एशोशियसनले कोहलपुर क्षेत्रका संचारकर्मी तथा सुरक्षाकर्मीहरुलाई दही, चिउरा र पानी विरतण गरेको छ । कोरोना भाइरसको सन्त्रास बढेसंगै सरकारले लकडाउन घोषणा गरेपछि अहिले नगरका विभिन्न क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी, सञ्चारकर्मी तथा पत्रकारहरुले एकान्तवास र विभिन्न ठाउँमा खटिएर आम नागरिकहरुलाई सुचना प्रवाह गरिरहेका छन् । सोही समयमा एशोसियसनले ईलाका प्रहरी कार्यालय मातहतका बिभिन्न विटमा खटीएका सुरक्षाकर्मीहरुलाई दही, चिउरा तथा पानी बितरण गरेको भने कोरोनाको संन्त्रासका बिच हरेक दिन सूचना प्रवाहका लागि निरन्तर खटिएका संचारकर्मीहरुलाई संचार गृहमै पुगेर दहि, चिउरा र पानी विरतण गरीएको डेरी एशोसियसनका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई कम गर्न कोहलपुर नगरक्षेत्रभित्र अहोरात्र खटिएका सुरक्षाकर्मी तथा सञ्चारकर्मीको योगदानको कदर गर्दै एशोसियसनले दहि, चिउरा र पानी बिरतण गरेको महासचि पौडेलले बताए ।

आफ्नो सुरक्षा संवेदनशिलतालाई परवाह नगरेर जनताको सुरक्षाको लागि खटिएका सुरक्षा निकाय र घरमै बसिरहेका नागरिकलाई सूचना प्रवाह गरिरहेका सञ्चारकर्मी पत्रकारहरुको कदमको उच्च मूल्यांकन गरीएको अध्यक्ष रमिला थापाले बताइन्

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार