कोहलपुर :
कोहलपुर नगरपालिका वडा नम्बर – ८ का अध्यक्ष रेशम बहादुर खत्रीले विपत्तिको समयमा जनताको सुरक्षाको लागि १८ घण्टा खटिएको बताएका छन् ।
कोरोना भाइरस संक्रमणबाट बच्नको लागि आफूहरु निरन्तर खटिएको बताएका हुन् ।
कोरोना भाइरसबाट बच्नको लागि जनतालाई जनचेतना फैलाउँदै गाउँगाउँमा दैनिक पुगेर सचेतना बढाइरहेको बताए ।
उनका अनुसार कोरोना भाइरसका कारण लक डाउनको समयमा पनि वडा स्तरमा रहेका कार्यालय समेत खुल्ला रहने गरेका छन् ।
अध्यक्ष खत्रीले वडास्थित कार्यालयका कर्मचारी समेत तयारी अवस्थामा रहेको उनको भनाई छ ।
‘कोरोना भाइरसको विपत्ति आएमा हामी सामना गर्न तयार छौ,निरन्तर सचेतना फैलाइरहेका छौ’ उनले भने,‘ हामी प्रसार कम काम बढि गछौँ,’वडा नम्बर ८ मा उच्च सतर्कता अपनाइएको उनको भनाई थियो ।
प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्