बाँसगढी ।
नवजीवन सहकारी संस्था बाँसगढी शाखाले इलाका प्रहरी कार्यालय बाँसगढीलाई अत्यावश्यक खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले आक्रान्त भैइरहेको बेलामा नवजीवन सहकारी संस्था बाँसगढी शाखाले चाउँचाउ, केरा, पानी जस्ता अत्यावश्यक खाद्य सामाग्री इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक इन्द्र्जित सुनारलाई हस्तान्तरण गरेको थियो ।
‘यो जटिल परिस्थितिमा आफू सुरक्षीत रहौ र अरुलाइ नि सुरक्षित पारौ भन्ने अभियानमा खटिने सुरक्षाकर्मीलाई अत्यावश्यक खाद्य सामाग्री प्रदान गरिएको हो’ संस्थाका शाखा सहायक सन्तोष बास्तोलाले भने ।
संस्थाले विभिन्न समयमा विभिन्न सरकारी, विद्यालय, स्वास्थ्य चौकी लगायत अन्य अत्यावश्यक क्षेत्रहरु पहिचान गरि सहयोगी हातहरु फैलाइ यस क्षेत्रमा सामाजिक आर्थिक क्षेत्रहरुमा सहयोग गरिरहेको शेयर सदस्य एकनारायण अधिकारीले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व बहन गर्न नवजीवनले हरेक समय समयमा विभिन्न रचनात्मक एबम सिर्जनात्मक कार्य सम्पादन गरिरहेको भदै अर्का शेयर सदस्य दान बहादुर बुढाले खुशी व्यक्त गरेका थिए ।
बाँसगढी, बढैयाताल क्षेत्रमा सर्बप्रथम बैकिङ सेवा प्रवाह गर्ने पहिलो संस्था आफुहरु रहेको भन्दै शाखा प्रबन्धक टेक बहादुर बोगटीले
निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा हाम्रो संचालक टिम समेत अति संबेदनसिल रहेको छ ।










प्रतिक्रिया दिनुहोस्