नुवाकोटमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु



नुवाकोट ।

विदुर नगरपालिका —५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६ वर्षीय विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गए राति १० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका विनोदको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइलकमा सवार निमेश थामामगर भने दुर्घटनामा परी घाइते भएका छन् । उहाँको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।तीव्र गतिका कारण मोटरसाइकल सडकदेखि १० मिटर तल पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार