कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिकामा रहेको शुभलक्ष्मी स्टोरले कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लक डाउनको समयमा जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई तरकारी र फलफूल वितरण गरेको छ ।
जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई सहयोग होस भन्ने उद्देश्यले तरकारी र फलफूल वितरण गरिएको हो ।
कोललपुर स्थित इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला टाफिक कार्यालय बाँके कोहलपुरमा कार्यरत नेपाल प्रहरी र टाफिक प्रहरीलाई सहयोग गरिएको स्टोरका संचालक हेमन्त भट्टराईले बताए ।
उनका अनुसार उनीहरुलाई सहज होस भन्ने उद्देश्यले वितरण गरिएको हो ।
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार










प्रतिक्रिया दिनुहोस्