कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका—९ पिपरीमा ३२ वेडको क्वारेन्टाइन तयार गरिएको छ ।
कोरोना भाइरसलाई मध्यनजर गरेर सुरक्षाका लागि नगरपालिका–८ पिपरीमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रलाई ३२ बेडको क्वारेन्टाइन तयार गरिएको हो ।
सोमबार बाँके् जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीले निरिक्षण गरेका हुन् ।
निरिक्षणका क्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले एउटा कोठामा पाँच वटा नराख्न अनुरोध गरेका थिए ।
उनका अनुसार यहाँको कोठाहरु हेर्दा एउटा कोठामा दुई वा तिन वटा बेड राख्न सकिने बताए ।
यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले विदेश र इण्डियाबाट आएका दुई जना व्यक्तिलाई आज राखिने बताए ।
क्वारेन्टाइनको लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गर्नुका साथै आवश्यक सामग्रीको व्यवस्था गरिएको नगरप्रमुख रावतले जानकारी दिए ।
उनका अनुसार पछि आवश्यकताको आधारमा क्वारेन्टाइनको बेड संख्या थप गर्न सकिनेछ ।
क्वारेन्टाइनमा तीनजना स्वास्थ्यकर्मी, एक जना कार्यालय सहयोगी र एक जना नगर प्रहरी समेत तयारी अवस्थामा राखिएको नगर प्रमुख रावलले बताए ।
कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकामा अहिले उच्च सतर्कता अपनाइएको रहेको छ ।
जनताको सुरक्षाको लागि नगरपालिकाले कुनै पनि कसुर बाँकी राखेको छैनन उनले भनीन्, प्रत्येक वडाहरुमा माइकिङ गरी कोरोना भाइरसबाट बच्नको लागि जनचेतना फैलाईरहेका छौं ।
यतिबेला बजारमा अत्यावश्यक सामानहरुको कालोबजारी हुन्छ भनेर अनुगमन समेत गर्ने गरेको उनको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्