ज्याला मजदुरी गर्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग गर्ने



बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार, आईतबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ब्यक्तिको वडा कार्यालयले तथ्यांक संकलन गरि पहिचान गरेर तत्काल खाद्यान्न सहयोग गर्नेछ ।

विपन्न ब्यक्तिहरुलाई चामल, पिठो, दाल, नुन, आलु, तेल र साबुन उपलब्ध गराइने उनले बताए । वडा कार्यालयले राहत पाउनेहरुको सार्वजनिक गर्ने बैठकले निर्णय समेत गरेको थियो ।

लकडाउनका कारण समस्यामा परेका ब्यक्तिलाई राहत उपलब्ध गराउन लागिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार