कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पश्चिममा विभिन्न जिल्लाबाट संकलित नमुना (स्वाब) लिन नेपाल एयरलाइन्सको विमान प्रयोग गरिदैं छ ।
नेपाल एयरलाइन्सको विमानले नमुना ओसार पसार गर्न दिनमा एक पटक नेपालगञ्जबाट काठमाडौंसम्म उडान गर्न थालेको हो । आन्तरिक हवाई उडान ठप्प भएपछि केही दिनदेखि स्वाबको नमूना ल्याउन समस्या थियो ।
प्रदेश ५ का बाँकेसहित केही जिल्ला, कर्णाली र सुदुरपश्चिम प्रदेशमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमूना ल्याउन शनिबार नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थल आउँदैछ ।
नेपाल एयरलाइन्सको वाइ १२ ई जहाज नेपालगञ्ज आउन लागेको हो ।
प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्