बाँसगढीमा पाँच क्वारेन्टाइनमा



कोहलपुर ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेरै कोरोना संक्रमित भनिएकी १९ वर्षीया किशोरीसँगै जहाज चढेर आएका बर्दियाका १ जना सहित पाँच जनालाई क्वारेन्टाइनमा राखिएका छन् । भारतबाट आएका बाँसगढी नगरपालिकाका अन्य ४ जनालाई कोरोना छ या छैन जाँच्नको लागि क्वारेन्टाइनमा राखिएको हो । कतारबाट कोरोना संक्रमित युवती आएको भनिएको जहाजमा बर्दियाका एक जना रहेको खुलेको थियो ।

उनी सँगै आएका बाँकेमा ३ जनालाई भने यस अघि नै नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले कोरोना संक्रमित युवतीसँगै आएका ती व्यक्ति बर्दियाका भएको र क्वारेन्टाइनमा ल्याएर राखिएको जानकारी दिए । यस्तै अन्य चार जना भने भारतको महाराष्ट्र र विहारबाट आएको रहेका छन् । उनीहरु पाँचै जनाको अवस्था सामान्य रहेको तर स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको नगर प्रमुख अधिकारीले जानकारी दिए ।

उनका अनुसार भारतबाटै आएका गुलरियाका नगरपालिकाका अन्य चार जनालाई व्यक्तिलाई पनि बाँसगढीमा स्वास्थ्य जाँच गराएर गुलरिया पठाइएको थियो । चेकजाँचको क्रममा उनीहरुको अवस्था सामान्य रहेको क्वारेन्टाइनमा राख्नको लागि सम्बन्धित स्थानीय सरकारलाई बुझाइएको हो । बाँसगढी नगरपालिकामा तयार पारिएको क्वारेन्टाइनमा केही बेड संख्या समेत पढाइएको नगर प्रमुख अधिकारीले जानकारी दिए । यस अघि नगरपालिकाको नवनिर्मित भवनमा १० बेडको क्वारेन्टाइन तयार पारिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १४ गते शुक्रबार