कोहलपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले सम्पूर्ण जनमानसमा आर्थिक चपेटामा परिरहेको बेला उद्योगीहरुलाई पनि थप मर्का पर्ने भएकोले एक महिनाको भाडा मिनाह गरिदिन अनुरोध गरेको छ ।

विज्ञप्ती जारि गर्दे नेपाल घरेलु तथा साना उद्योग कोहलपुर नगर समितिले एक महिनाको भाडा मिनाह गरिदिन अनुरोध गरेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका अध्यक्ष हेमविक्रम जि. सी. र महासचिव चिन्तामणि उपाध्याय (सि.एम.)को हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारणले गर्दौ उद्योगहरुले निकै आर्थिक भार खेपिरहेको छ ।
प्रकाशित मिति : २०७६ चैत ९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्