कोहलपुर ।
कोरोना संक्रमणलाई मध्य नजर गर्दै नरैनापुर गाउँपालिकाले भारत संग जोडिएका सबै नाका आज शनिवार १० बजेबाट सिल गरेको छ ।
भारतीय क्षेत्रमा कोरोना संक्रमण तीब्र रुप लिँदै गएपछि भारतीय क्षेत्रबाट हुने सबै आवागमन अनिश्चित समयका लागि रोकिएको हो ।
नरैनापुर क्षेत्रमा कोरोना संक्रमित विरामीका लागि क्वारेन्टाइन नभएपनि तत्कालै ब्यवस्थित स्थान सम्म पुर्याउ एम्बुलेन्स सहितको ब्यवस्था रहेको छ ।
प्रकाशित मिति : २०७६ चैत ८ गते शनिबार









प्रतिक्रिया दिनुहोस्