कोहलपुर :
बाँके क्षेत्र नम्ब १ का संघीय सांसद महेश्वर गहतराज अथकले बाँकेमा दिनहँु जसो भइरहेको सवारी दुर्घटनाका बारेमा सम्बन्धित सरोकातवालाको ध्यानआकर्षण गराएका छन् ।
उनले बिहिबार प्रतिनिधि शभाको बैठकमा बोल्दै सवारी दुर्घटना रोक्न प्रतिनिधिसभा मार्फत सरोकारवालाको ध्यान आकर्षण गराएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अथकले यहि फागुन २७ गते देखि २९ गते सम्म ३ दिनमा ५ जनाको मृत्यु भएको भन्दै गम्भीर बन्न अनुरोध गर्नु गरेका हन्
। सांसद अथकले शभामा बोल्दै बाँकेको अगैयामा बिष्णु बेल्बासे , बैजनाथमा दिल बहादुर पुन ,कोहलपुरको पिपरीमा रामपति थारु, कोहलपुरको बसपार्क नजिक जय बहादुर रोका र जानकीमा ठाकुर खटिकको ज्यान गएको भन्दै मृतक प्रति श्रद्दान्जली र परिवारमा समबेदना प्रकट गर्दै मृतकका परिवार लाइ उचित राहत र क्षेतिपुर्ती सहित घाइतेहरु लाइ उपचारको माग गरे ।
यसै गरि प्रतिनिधिसभामा बोल्दै सांसद अथकले नेपालगञ्ज खजुरा रोडमा पर्ने मेनिफ्याक्चिङ इन्डस्ट्रिज प्रा लि ले सञ्चालन गरेको चप्पल कारखानामा भिषण आगलागी हुदा सनाखत हुन नसकेको एक जनाको मृत्यु भएको र दिलिप चमार गम्भीर घाइते भएको भन्दै करौडौकोक्षेति भएकोले राज्यले राहत दिनुपर्ने बताए ।
सभामा बोल्दै उनले ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायले समयमै ध्यान नदिए सवारी दुर्घटनाले भयानक रुपलिने जनाउदै आफुले यथासक्य रोकथामका लागि पहल गर्न आग्रह गरेको जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्