कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिका ९ स्थित पिपरी चोक बजारका पसल बन्द गराइएका छन् ।
बुधबार भएको घटनाका दोषिलाई कारबाही र टिप्पर मालिकलाई बोलाउने सहमति कार्यान्वयन नभएको भन्दै पीडित पक्षले विहानै देखि आन्दोलन जारी राखेका छन् ।
अहिले उनीहरुले त्यहाँ स्थित पसल समेत बन्द गराएका हुन् । भने चोकचोकमा टायर बाल्दै आन्दोलन गरिहेका छन् ।
बुधबार प्रहरी र पीडित पक्ष बीच टिप्पर मालिकलाई कोहलपुर बोलाएर क्षेतिपूृर्ती दिलाउने सहमति कार्यान्वयन हुन नसकेपछि आन्दोलन भएको हो ।
टिप्परको ठक्कर दिदाँ रामपति थारुको घटनास्थल मै मृत्यु भएको थियो । उनका आफन्तले दोषि माथि कारबाही र क्षेतिपूर्तीको माग गरेका छन् ।
प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्