भारतद्धारा एक महिना सीमा नाका बन्द गर्ने निर्णय, नाकाबन्दी हुन सक्ने अनुुमान



कोहलपुर  :

भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि सीमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको कारण देखाउदै भारतले नेपाल सँग सिमा जोडिएका नाका बन्द गर्ने निर्णय गरेको हो ।

कतिपय संचारमाध्यमहरुले भारतद्धारा सिमानाका बन्द भएको खबर सार्वजनिक गरेका छन । यो निर्णय मार्च १३ अर्थात फागुन ३० गते १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले विदेशीलाई भीसा रद्द गरेको हो ।

अहिलेसम्म भारतले सिमानाका बन्द गर्ने बारे कुनै आधिकारी निर्णय लिएको छैन । भारतले मानिसको यात्रामा मात्र कडाई गरेको हो । त्यसका कारण बाँकेको प्रमुख सिमा नामा त्यसको प्रभाव देखिन थालेको छ । अप्रिल १५ सम्म कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउने छैनन् ।

कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ ।यता बाँकेका प्रहरी प्रमुख बिर बहादुर वलीले अहिलेसम्म भारतीय पक्षद्धारा सिमा नाका बन्द गर्ने बारे कुनै जानकारी नआएको बताएका छन् । सिमानाका बन्द गरीएको खबरका बारेमा बुझ्न खोज्दा मिसन टुडेसँग कुरा गर्दै उनले औपचारिक जानकारी आफूलाई प्राप्त नभएको बताए ।

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्रा्ष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार