कोहलपुरका चोक चोकमा पुनः टायर बालेर प्रदर्शन,, जनजीवन प्रभावित



कोहलपुर :

कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित पिपरीचोकमा पुनः प्रदर्शन सुरु भएकोे छ । भने चौराहामा पनि प्रदर्शन सुरु भएको छ ।

पिपरीमा बुधबार भएका घटनाका पिडित र चौराहामा बिहिबार विहान भएको घटनाका पीडितले प्रदर्शन गरेका हुन् ।

जसका कारण पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा ढप्प भएको थियो । बिहीबार विहान माइक्रो बसले अटो रिक्सालाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएपछि कोहलपुर पुन अस्तव्यस्त बनेको छ ।

मदनचोकदेखि तीव्र गतिमा आइरहेको भे१ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेट नजिकै ठक्कर दिँदा अटो चालक बैजनाथ गाउँपालिका–२ मकैबारीका जय बहादुर रोकाको ज्यान गएपछि आफन्तले सवारी आवागमन बन्द गराएका हुन् ।

चौराहा देखि पिपरी सम्म चोकचोकमा टायर बालेर प्रदर्शन सुरु भएको छ । पीडितहरुले सवारी माथि ढुंगामुढा समेतगरेका छन् । सुरक्षाको लागि ठूलो मात्रमा सुरक्षा कर्मी खटाइएको छ ।

उक्त प्रदर्शनमा बुधबार टिप्परले ठक्कर दिएर मृत्यु भएकी रामपति थारुका आफन्त तथा पीडितहरु समेत छन् । रोका र थारु पक्षका आन्दोलनकारीले प्रदर्शनका साथै ढुंगामुढा प्रहार गर्दा दुई तीन वटा गाडीमा सामान्य क्षेती भएको छ

घाइते तीन जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते मध्ये बैजनाथ गाउँपालिका–१ चिसापानीका सुजन शाही, जुम्लाको तिला गाउँपालिका ५ का मदन शाही र परिचय नखुलाका अर्का एक जना गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उता बसमा सवार यात्रुहरु सामान्य घाइते भएका छन् । थप एक जनाको मृत्यु भएके भनिएपनि विस्तृत जानकारी प्राप्त भएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार