कोहलपुर :
बुधबार बिहान कोहलपुर नगरपालिका ९ पिपरीचोकमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कोहलपुर तीन घण्टादेखि लगातार तनावग्रस्त छ ।
कोहलपुर पिपरी देखि हाइस्कूल सम्म आन्दोलनकारीले प्रदर्शनका साथै टायर बालेर विरोध गरिहेका छन् ।
टिप्परले ठक्कर दिएपछि मृतकको शब आफन्तको सहमति बिना उठाएको भन्दै विरोध गरिरहेका हुन् ।
आफन्तको सहमति बिना किन शब उठाइयो भन्दै प्रहरीको जवाफ माग गरेका छन् ।
हाम्रो सहमति बिना किन र के का लागि शब उठाइयो उनीहरुले प्रहरीले जवाफ दिनुु पर्ने भन्दै आन्दोलन जारी राखेका हुन् ।
कोहलपुरका सडकमा अहिले साइकल, मोटरसाइकल देखि ठूला सवारी आवागमन पूर्ण रुपमा बन्छ ।
आन्दोलन अझै जारी छ । झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो ।
प्रकाशित मिति : २०७६ फागुन २८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्