कोहलपुर ।
रंगहरुको पर्व होलीको अवसरमा बाँके कोहलपुरका क्रियाशिल पत्रकार र विद्यार्थी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । मंगलबार कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा पत्रकार टिमलाई ३–१ गोल अन्तरले हराउँदै विद्यार्थी टिम विजयी भएको थियो ।
प्रतियोगिताको कोहलपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपी खनालले उद्घाटन गरेका थिए । उनले विद्यार्थी र पत्रकार बीच भएको मैत्रीपूर्ण फुटबल खेल एकआपसमा सम्बन्ध विस्तारको माध्यम भएको बताए । उनका अनुसार स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भनेजस्तै विद्यार्थी र पत्रकार समेत राष्ट्रका सचेत नागरिक हुन् । विकासको साझेदारीमा दुवै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका रहेको उनले बताएका थिए ।
कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष टोपराज जैसीका अनुसार होलीको अवसरमा मनोरञ्जन र भेटघाटको माध्यम सिर्जना गर्नको लागि मैत्रीपूर्ण फुलबल खेलको आयोजना गरिएको हो । आगामी दिनमा समेत यस्ता कार्यहरु गर्दै जाने उनले बताए । कृष्ण माध्यमिक विद्यालय कौशिलानगरको खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको थियो ।














प्रतिक्रिया दिनुहोस्