हिमालय विद्या निकेतनको वार्षिकउत्सव(फोटो फिचर)



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं.५ अरनिकोनगर, जी गाउँमा रहेको हिमालय विद्या निकेतनले बिहीबार आफ्नो १३ वार्षिकउत्सव मनाएको छ । वार्षिकउत्सवको संविधान सभा सदस्य तथा पूर्वसिँचाई राज्यमन्त्री दल बहादुर सुनारले भव्य समारोहका विच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री सुनारले विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले अहिलेको युग प्रतिस्पर्धाको भएको भन्दै समय सान्दर्भिक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनमा जोड दिन आग्रह गरे । यस्तै बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले शैक्षिक गुणस्तरको क्षेत्रमा निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताइन् ।

बैजनाथ गाउँपालिकाले सरकारी तथा संस्थागत सबै विद्यालयलाई सँगसँगै अगाडि बढाउने निति लिएको उनको भनाई थियो । यस्तै विद्यालयका प्रिन्सिपल रामप्रसाद शर्माले शैक्षिक प्रतिवेदन तथा आगामी वर्षका शैक्षिक योजना प्रस्तुत गर्दै विद्यालयले यस क्षेत्रका विद्यार्थीहरुलाई समयानुकूल गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जानकारी गराउँदै विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी लगायत सबैको साथ सहयोगले विद्यालयले यो वर्ष झनै विशेष भएको बताए । उनले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान र अतिरिक्त क्रियाकलापकालागि पर्याप्त भौतिक पूर्वाधार, खेल मैदान, खानेपानी लगायत आधुनिक प्रविधियुक्त कम्प्युटर प्रयोगशाला समेत रहेको जानकारी गराए ।

साथै विभिन्न समयमा हुने अतिरिक्त खेलकुद प्रतियोगिताहरुमा पनि विद्यायलले राम्रो स्थान ल्याएको उनले बताए । कार्यक्रमको समापन शत्रमा बोल्दै विद्यालयका प्रवन्ध निर्देशक श्याम बहादुर कँवरले विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरलाई विशेष ध्यान दिइरहेको बताए । प्रविधिमैत्री गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुकोे रुची र चाहना अनुसारको शिक्षा प्रदान गरिरहेको उनको भनाई थियो । यस्तै शैक्षिक सत्र–२०७५ को वार्षिक परीक्षमा उत्कृष्ठ, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुका साथै अतिरिक्त क्रियाकलाप र विभिन्न संघ–संस्थाहरुद्वारा आयोजना गरेका कार्यक्रमहरुमा सहभागी विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ९ गते शुक्रबार