कोहलपुरमा २५ वर्षीय युवाले खोले १५ लाखमा रेष्टुरेन्ट



कोहलपुर ।
बाँकेको कोहलपुरनगरपालिका ११ रेडक्रस मार्गमा एक २५ वर्षीय युवाले रेस्टुरेन्ट खोलेका छन् । कुल १५ लाख लागतमा एक युवाले रेस्टुरेन्ट खोलेका हुन् । उनको रेष्टुरेन्टको नाम रिफ हो ।

उक्त रेष्टुरेन्टको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विश्वराज खनाल र होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष एकनारायण चापागाइ तथा कोहलपुर उद्योग वाणिज्य संघका उपमहासचिव मातृका सापकोटाले संयुक्त रुपमा उद्घाटन गरे ।

उनीहरुले युवाहरुको लागि बैदेशिक रोजगारीको विकल्प स्वदेश मै व्यवसाय गर्नु नै उपयुक्त हुने बताएका छन् । पछिल्लो समय युवाशक्ति विदेशिने क्रम बढेको भन्दै आफ्नै देशमा स्वरोजगार बन्नु पर्नेमा जोड दिएका हुन् ।

रिफ रेष्टुरेन्टका सञ्चालक रविन दाहालले कोहलपुरमा केही नयाँ ढंगले व्यवसाय सञ्चालन गर्नुका साथै युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्य सहित खोलिएको बताए । उनले १५ लाख लागतमा रेस्टुरेन्ट खोलिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २ गते शुक्रबार