कोहलपुर ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अहिलेको अवस्थामा बाँके, बर्दिया र कर्णाली प्रदेश गाँभिन आवश्यक रहेको बताएका छन् ।
सन्तुलित विकास, समावेशिता तथा उत्तर–दक्षिण नाका जोड्नको लागि पनि दुवै पक्ष गाँभिन आवश्यक रहेकोमा जोड दिएका हुन् । बिहिबार बाँकेको कोहलपुरमा पार्टी कार्यकर्ता भेटघाटको क्रममा बाँके र बर्दियालाई कर्णाली सँग गाँभ्ने बहस चलेको भन्दै दुवै पक्षको लागि उपयुक्त रहेका उनले बताए ।
‘हिजो राज्य पुर्नसंचरना गर्दा अखण्ड मध्यपश्चिमको लागि आन्दोलन भएको थियो’ उनले भने ‘तर बाँके र बर्दिया छुटे, अहिले यो बहस चलेको जनताले चाहे भने असम्भव भने छैन ।’ बाँके र बर्दियाका र कर्णालीका नागरिकको भावनात्मक सम्बन्ध, भौगोलिक दुरी र व्यावसायिक आवश्यकताका दृष्टिले पनि उपयुक्त रहेको धारणा उनले राखे ।
यहाँका जनता, राजनितिक दल, नागरिक समाजको चाहना नै हो भने यसलाई बहस मात्रै नभई तार्किक निष्कर्षमा पु¥याउन ठोस कदम आवश्यक रहेकोमा उनले जोड दिए । उनका अनुसार सडक, पुर्वाधार, उत्पादन र नाकाका साथै भावनात्मक रुपमा जोड्नको लागि आवश्यक मुद्धा छ ।
बाँके र बर्दियालाई कर्णालीमा मिसिने कुरा नसजिलो लाग्छ भने कर्णालीलाई बाँके र बर्दियामा मिसाउने भन्दा पनि हुन्छ, आखिर भोली एकजुट भयौ भने जे भनेपनि हुन्छ भन्दै मन्त्री ज्वालाले टिम्पणी समेत गरे । भोली हामी मिसियौँ भने दुवै पक्षलाई बेफाइदा हुने उनको भनाई छ ।
उनी भन्छन्, बाँके र बर्दियामा थारु र मधेशी समुदायकोे बाहुल्य क्षेत्र छ, कर्णाली छैन, हामी ति कोठा खाली राख्नु पर्ने अवस्था छ, बाँके र बर्दिया कर्णालीमा गएमा अहिले भन्दा बढी अधिकार पाउछन्, पाँच नम्बर पाँच भन्दा कर्णालीमा सुविधा त थारु, मुस्लिम र मधेशीहरुले बढि पाउछन् ,पहिलेको भौगोलिक, सांस्कृतिक ,आर्थिक र सामाजिक सम्बन्ध मजबुत बनाउन समेत आवश्यक रहेकोमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्