नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा सवारी दुर्घटनामा परेर दुई जना कर्मचारी घाइते भएका छन् । नेपाल भारत सिमा नाका जमुनाहामा कोरोना भाइरस चेकजाँचको व्यवस्थापनमा निस्किएका नेपालगञ्ज उपमहानगरपालिका दुई कर्मचारी घाइते भएका हुन् ।
सोमबार बिहान जमुनाहा नाकामा कोरोना भाइरस संक्रमण अवस्थाको चेकजाँच गर्न व्यवस्थापनमा निस्किएका नेपालगञ्ज उपमहानगरपालिका कर्मचारी चढेको मोटरसाईकल नेपालगञ्जको गणेशमान चोकमा दुर्घटना हुँदा स्वास्थ्य शाखाका गणेश कार्की र जागेश्वर बस्नेत घाइते भएका थिए ।
कार्कीको बायाँ खुट्टा र हातमा चोट लागेको छ भने बस्नेतको बायाँ खुट्टा र दाहिने हात फ्याक्चर भएको छ । भे ६ प ७५२५ नम्बरको मोटरसाईकलमा चढेका स्वास्थ्यकर्मीलाई भेटनरी कार्यालय बाँकेको भे १ बा ३०४ नम्बरको गाडीले गणेशमान चोकमा ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सीमा नाका जमुनाहामासोमबारदेखि संक्रणम अवस्थाको चेकजाँच गरिने तयारी गरिएको थियो ।
नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट आउने बिरामी वा शंका लागेका व्यक्तिहरुको चेकजाँच गरी सम्भावितलाई अस्पताल रिफर गर्नेछ । डेस्कले दुई वटा इन्फारेड थर्मोमिटर प्रयोगबाट बिषेश गरी बिरामी, रुघा खोकी लागेका र शंकास्पद व्यक्तिलाई चेक गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्