जुम्लाका व्यपारीले मनाए कोहलपुरको नीलसागरमा जन्मदिन



कोहलपुर ।

जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिकाका एक व्यपारीले कोहलपुरमा रहेको नीलसागर असक्त असहाय बृद्धाश्रममा आफ्नो जन्मदिन मनाएका छन् ।

जुम्लाका व्यापारी मातृका उपाध्याय भट्टले कोहलपुर निलसागर अशक्त असाय बृद्धाश्रममा आफ्नो जन्मदिन मनाएका हुन् । स्वर्गीय बुवाको सम्झनामा बृद्धाश्रममा जन्मदिन मनाएको उनले बताए ।

यस्तै उनले बृद्धाश्रममा रहेका असहायहरुलाई व्यक्तिगत खर्चमा खाना समेत खुवाएका छन् ।

‘ बुवाको सम्झनामा असहायहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले बृद्धाश्रममा जन्मदिन मनाएको हु’ उनले भने, ‘समाजमा रहेका असहाय, गरिब र निमुखालाई सहयोग पुगोस भन्ने मेरो उद्देश्य हो ।’

उनले अहिले जन्मदिनलाई निकै फड्किलो बनाउने काम भईरहेको भन्दै दुःखी, गरिबलाई सहयोग गर्नु पर्नेमा जोड दिए । मानवको धर्म गर्नु नै असली धर्म भएको उनको भनाई छ ।

म आफ्नो जन्मदिनलाई जुम्लामा रहेकी आमालाई समेत सम्झिएर मनाएको उनले बताए ।

उनी अहिले व्यापारको शिलशिलामा कोहलपुरमा बस्दै आएका छन् । भट्टले सम्पुर्ण व्यापारी, उद्योगी र समाजका असल नागरिकले असहाय वर्गहरुलाई सहयोग गर्नु पर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ११ गते शनिबार