सुर्खेत ।
नेपाली कांग्रेस सुर्खेतले सूचना प्रविधि विधेयकविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला सभापति कमलराज रेग्मीकोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो। आज सुर्खेत सहित ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर विरोध गरेको काँग्रेसले जनाएको छ।
काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसार सुर्खेत जिल्ला समितिले पनि ज्ञापनपत्र बुझाएको सभापति रेग्मीले जानकारी दिनुभयो। ज्ञापनपत्रमा सरकारले ल्याएको सूचना प्रविधि विधेयकले संविधानअनुसार नागरिकलाई प्राप्त स्वतन्त्रता हनन् हुने भन्दै विधेयकको विरोध गरिएको छ।
काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नागरिक अधिकार हनन् गर्न लागेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरे वापत पाँच वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन गरेको सभापती रेग्मीको भनार्इ छ। उहाँले आलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षड्यन्त्रविरुद्ध विधेक ल्याएको भन्दै त्यसकै विरोध ज्ञापनपत्र बुझार्इएको बताउनुभयो।
कांग्रेसका स्थानीय नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेका हुन।









प्रतिक्रिया दिनुहोस्