कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबार (भोलि) सार्वजनिक विदा दिने भएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको निधनप्रति दुःख ब्यक्त गर्दै नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
![]()
बुधबार भारतको बहराईच स्थित एक होटलमा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिका मातहतका सबै कार्यालयमा विदा दिने निर्णय गरेको नगरपालिकाको फेसबुक पेजमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०७६ माघ २ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्