कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको खुलेको छ ।
बुधबार भारतको बहराईचमा मृत फेला परेका खड्काले आत्म हत्या गरेको खुलेको हो जिल्ला प्रहरी कार्यालय बाँकेले वडा अध्यक्ष खड्काको मृत्युको कारण आत्महत्या नै रहेको जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार उनले आत्महत्या गर्नु अघि ‐सुसाईट नोट) समेत लेखेका छन् । खड्काले लेखेको सुसाईट नोट एक्काईस पन्नाको छ ।
आर्थिक कारण आफुले आत्महत्या गरेको उल्लेख खुलेको उनी सम्बद्ध दल नेकपा स्रोतले बतायो ।
सुसाईट नोटमा पारिवारिक बेमेल, जनताको जनमत अनुसार काम गर्न नसकेको तथा केही व्यक्तिको नाम नै उल्लेख गरेको बुझिएको छ ।
नेकपा कोहलपुर कमिटीका अध्यक्ष बसन्ती अधिकारीले वडा अध्यक्ष खड्काले आत्महत्या गर्नु अघि सुसाईट नोट लेखेको बताईन् । खड्को शव बिहीबार नेपाल ल्याईएको छ ।
शुक्रबार उनको अन्त्यष्टी गरिने पारिवारिक स्रोतले बताएको छ । यस्तै कोहलपुर नरगपालिकाले नगर मातहतका कार्यलयमा बिदा दिने जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्