कोहलपुर ।
माघी पर्व मगर संघ कोहलपुर समितिको आयोजनामा माघी पर्व मनाईएको छ । वडा नम्बर १४ र १५ को वडा समितिले पर्व मनाएको हो ।
सो अवसरमा खेलकुद कार्यक्रम गरिएको आयोजकले जनाएको छ । घैटो फोर्ने, चम्चा दौड बालक र बालिका र ठेलो फाल्ने लगायतका खेलकुद तथा सास्कृतिक कार्यक्रम भएको संघ बागेश्वरी इकाई कमिटि अध्यक्ष बलिराज थापाले जानकारी दिए ।
उनका अनुसार पर्वको अवसरमा सयौ जनाको सहभागितामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा प्रदेश पाँचका प्रदेश सस्दय पार्वती पुनले माघी पर्वको सबैकको साँझा पर्व भएको बताएकी छन् ।
प्रकाशित मिति : २०७६ माघ १ गते बुधबार








प्रतिक्रिया दिनुहोस्