कोहलपुर/ कोहलपुर नगरपालिका वडा नम्बर–१२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचमा मृत अवस्थामा फेला परेका छन् । सुर्खेत जान भनी मंलबार बिहान घरबाट निस्केका वडा अध्यक्ष खड्काको बुधबार दिउँसो बहराइच स्थित शंकर होटलमा शव भटिएको खबर आएको वडा नं.१२ का सचिव श्याम बहादुर रानाले जनाकारी दिए ।
उनको शव भेटिएको खबर आएपछि कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु बहराईच प्रस्थान गरेका छन् । ६८ वर्षका वडाअध्यक्ष खड्काले आफू सुर्खेत जान लागेको भनी वडा कार्यालयलाई पनि जानकारी दिएको बुझीएको छ ।
जिल्ला प्रहरी कार्यालय बाकेका प्रवक्ता (डिएसपी) शिव सिंहले वडा अध्यक्ष खड्काको शव होटेलमा भेटिएको खबर आएपछि एक टोली त्यसतर्फ प्रस्थान गरेको बताए । यस्तै मिसन टुडे दैनिकलाई अध्यक्ष खड्काको शव र सवारी चालक अनुमति पत्रको फोटो प्राप्त भएको छ ।








प्रतिक्रिया दिनुहोस्