कोहलपुरमा माघे सक्रान्ति भव्य रुपमा बनाइदै



कोहलपुर ।

आज माघ १ गते अर्थात्, माघे सक्रान्ति पर्व नेपालीहरुले हर्षोल्लासका साथ मनाउँदै छन् । माघी संक्रान्तिको पूर्वसन्धामा कोहलपुर नगरपालिका लखनामा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । कोहलपुर नगरपालिका वडा नं. ७ कार्यालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ७ का अध्यक्षले २५ हजार बराबर सहयोग गरेका छन् ।

यस्तै जाडोबाट मुक्तहुने पर्वको स्वरुप माघे सक्रान्तिमा घ्यू, खिचडी, तील, तरुल सखर खण्डका परिकार खाने प्रचलन छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्तिका रुपले पनि चिनिन्छ ।

मकर सङ्क्रान्ति स्नान गर्न जनकपुरको गंगासागर, धनुषसागर, दशरथ तलाउ, अरगजा पोखरी लगायत देशका विभन्न ठाउँमा रहेका नदी, तलाउ जलायशयहरुमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।

माघे सक्रान्ति सबै हिन्दू नेपालीहरुले नेपालीले मनाउने गरिएपनि जाति विशेषमा यस्को छुट्टै महत्व छ । थारु समूदायले माघे सक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउछ्न, मगर र नेवारी समूदायमा पनि यसको छुट्टै महत्व छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २९ गते मंगलबार