नेपालगञ्ज/ अब नेपालगञ्जमा मात्र १० रुपैयाँमा पेटभरी खान पाइने भएको छ । यो सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो, अब हप्तामा दुई दिन मात्र १० रुपैयाँमा अघाउन्जेल गरी पेटभरी खान पाइने भएको छ । अहिले हरेक शनिवार र मंगलवार दुई दिन खाना खुवाउने गरिँदै आएको छ ।
नेपालगञ्जको नगर विकास भवन अगाडी बालाजीका भक्तहरुले यो सुविधा दिइरहेका छन् । साकाहारी खानका परिकारहरु दाल, तरकारी, अचार आदि इत्यादी त्यहाँ खाना पाइने छ । अहिले त्यहाँ १० रुपैयामा खाना खानेको भिड नै लागेको छ । बालाजीका भक्तहरुले त्यो सुविधा सुरु गरेपछि विशेषगरी आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिक, मजदुरहरु उक्त खाना खानका लागि त्यहाँ पुग्ने गरेका छन् ।
कमाएको जति महङ्गो खानामा खर्च गर्न बाध्य मजदुरलाई राहात भएको छ । १० रुपैयाँमा खाना खुवाएर आफूहरुले पुण्य कमाउने कामको सुरुवात गरेको गणेश कुमार अग्रवालले बताए । अहिले दैनिक चार सयदेखि पाँच सयसम्म खान आउने गरेको अग्रवालले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्