कोहलपुर ।
बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक महोत्सवको पाँचौ दिन चर्चित गायक टंक बढाथोकीको टिम आउने भएको छ ।
बुढाथोकीसँगै ए.आर. बुढाथोकी र मोडल दिपाशा बिसी कोहलपुर आउन लागेको कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले जानकारी दिए ।
दर्शकको सुविधालाई मध्यनजर गर्दै मुल गेटदेखी मञ्चसम्म कार्पेट बिछ्याईएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक हेम बिक्रम जिसीले जानकारी दिए ।
‘महोत्सव अबलोकनका लागि आउने दर्शकहरुलाई मुल गेटबाटै रातो कार्पेटले स्वागत गर्ने ब्यवस्था मिलाईएको छ’ उनले भने,‘ महोत्सव अवलोकन गर्न आउँने दर्शकहरुलाई कुनै अठ्यारो बातावरण हुन दिदैनौं ।’
वर्षाका कारण महोत्सव परिसर हिलाम्मे भएपछि आयोजकले महोत्सव परिसरमा शनिबार राती कार्पेट बिछ्याएको उनको भनाई रहेको थियो ।
प्रकाशित मिति : २०७६ पुस २७ गते आइतबार








प्रतिक्रिया दिनुहोस्