कोहलपुर/ नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाँकेको १२औँ वार्षिक साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न भएको छ । वार्षिक सधारण सभाको शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेका प्रमुख रामसुरेश यादवले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका यादवले प्रविधियूक्त गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । साथै उनले नेल्टा बाँकेलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा अंग्रेजी भाषा शिक्षणका क्रममा देखिएका समस्याहरुलाई चिर्दै शिक्षा क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिहरुको प्रयोगबाट अंग्रेजी भाषा शिक्षण तथा शिक्षकहरुको पेशागत दक्षता विकास गर्ने उद्देश्यले कार्यपत्र प्रस्तुत गरिएको नेल्टा बाँकेका आजिवन सदस्य बिशाखर जैसीले जानकारी दिए ।
कार्यक्रममा नेल्टाका केन्द्रिय सदस्य भुमराज खड्का, प्रदेश ५ का सदस्य सञ्जीव सिंघल, देवी कुमारी गररुङ, दाङ शाखाका सदस्य विकास पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
नेल्टा बाँके शाखाका उपाध्यक्ष टर्क बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाँके जिल्लामा अध्यापनरत अंग्रेजी विषयका शिक्षक सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्